Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ललितपुर–१ मा कांग्रेसका सहमहामन्त्री उदयशमशेरलाई पराजित गर्दै रास्वपाका महर्जन विजयी

ललितपुर–१ मा कांग्रेसका सहमहामन्त्री उदयशमशेरलाई पराजित गर्दै रास्वपाका महर्जन विजयी

शनिवार , फाल्गुण २३, २०८२

ललितपुर। ललितपुर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदयशमशेर  राणालाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी भएका हुन् ।

रास्वपाका महर्जनले २३ हजार ३७३ मत पाउँदा कांग्रेसका सहमहामन्त्र समेत रहेका राणाले १३ हजार ५२० मत पाएका छन् । 

ललितपुर–१ मा तेस्रो भएका नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले ६ हजार ५४६ मत पाएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले एक हजार ९६४ मत प्राप्त गरेका छन् ।

राणा गत चुनावमा यही क्षेत्रबाट कांग्रेसका राणा निर्वाचित भएका थिए भने महर्जन अघिल्लो चुनावमा ललितपुर क्षेत्र नम्बर २ मा उम्मेदवार भए पनि एमालेसँग पराजित भएका थिए।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077