काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३९ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६१ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ८० स्थानमा रास्वपा नै अगाडि छ ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार पाँच स्थानमा विजयी भएका छन् भने काँग्रेसले ११ स्थानमा अग्रसरता लिएको छ । नेकपा एमाले दुई स्थानमा विजयी हुँदा आठ स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक स्थानमा विजयी आठ स्थानमा अगाडि छ ।
यस्तै श्रम संस्कृति पार्टी चार स्थानमा अगाडि छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)१ क्षेत्रमा अग्रस्थानमा रहेको छ । जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले हालसम्म कुनै सिटमा जित र अग्रता हासिल गर्न सकेका छैनन्।