काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’लाई बधाई दिएका छन् ।
ओलीले सामाजिक सञ्जालमार्फत फेसबुक मार्फत बालेनलाई बधाई दिएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रमा भारी मत ल्याएर बालेनले जितेपछि ओलीले बधाई दिएका हुन् ।
ओलीले फेसबुकमा लेखेका छन्–‘तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्– हार्दिक शुभकामना ! बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई ! तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्– हार्दिक शुभकामना !’
झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका हुन् ।
बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले भने १८७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।
झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो ।
