Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कपिलवस्तु–१ मा रास्वपाका मोहन आचार्यको फराकिलो जित, १८ हजारभन्दा बढी मतान्तर

कपिलवस्तु–१ मा रास्वपाका मोहन आचार्यको फराकिलो जित, १८ हजारभन्दा बढी मतान्तर

आइतवार , फाल्गुण २४, २०८२

कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मोहन आचार्य १८ हजार २८८ मतान्तरले विजयी भएका छन् ।

आचार्यले ३४ हजार १४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्मा लाई पराजित गरेका हुन्। शर्माले १५ हजार ८६० मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेस का उम्मेदवार अतहर कमालले १४ हजार १८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका विश्रामप्रसाद थारु ले ७ हजार ९८१ मत प्राप्त गरेका छन्।

कपिलवस्तुका अन्य निर्वाचन क्षेत्रमा पनि परिणाम सार्वजनिक भइसकेको छ। क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम सिंह थापा निर्वाचित भएका छन् भने क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह विजयी भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077