Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सल्यानमा नेकपाका रमेशकुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेशकुमार मल्ल विजयी

आइतवार , फाल्गुण २४, २०८२

सल्यान । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सल्यानबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ल विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार केशबहादुर विष्टले १७ हजार ५५८ मत ल्याएका छन् भने नेकपा एमालेका गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गरेका छन्।

यस निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दल तथा स्वतन्त्र गरी कुल १४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। जिल्लामा एक लाख ६२ हजार ४४४ मतदाता रहेकोमा उल्लेख्य सहभागितासहित मतदान सम्पन्न भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077