Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुनसरी-२ मा  काँग्रेसका कोइराला भारी मतान्तरले पराजित, रास्वपाका थापा विजयी

सुनसरी-२ मा  काँग्रेसका कोइराला भारी मतान्तरले पराजित, रास्वपाका थापा विजयी

आइतवार , फाल्गुण २४, २०८२

सुनसरी । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापा विजयी भएका छन्।

थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्दै जित हासिल गरेका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस का राजीव कोइराला ले १६ हजार ७१ मत प्राप्त गरेका छन्। 

थापाले कोइरालामाथि ४१ हजार २७७ मतको फराकिलो अग्रता कायम गरे।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार सुजन लामा ले आठ हजार ३०३ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टी का चेतन राई ले सात हजार ४८४ मत पाएका छन्।

उक्त निर्वाचन क्षेत्रमा कुल एक लाख ५८ हजार ९१० मतदाता रहेकामा एक लाख एक हजार चार मत खसेको थियो। खसेको मतमध्ये ६ हजार २२९ मत बदर भएको  छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077