Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

समानुपातिक मतगणना ८० लाख नाघ्यो : रास्वपाको मत झन्डै ३९ लाख, अरुको कति ?

समानुपातिक मतगणना ८० लाख नाघ्यो : रास्वपाको मत झन्डै ३९ लाख, अरुको कति ?

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फको मतगणना ८० लाख ६१ हजार ९ सय ३८ पुगेको छ। पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अग्रतालाई अझै फराकिलो बनाउँदै लगेको छ।

पछिल्लो तथ्यांक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३८ लाख ८३ हजार १६६ मतका साथ शीर्ष स्थानमा कायमै छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख १२ हजार ९५९ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा ९एमाले०ले ११ लाख १३ हजार ४३५ मत पाएको छ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ७३ हजार ४८ मत कटाएको छ। यसै गरी, पाँचौँ स्थानका लागि नयाँ र पुराना शक्तिबिच रोचक प्रतिस्पर्धा देखिएको छ।

श्रम संस्कृति पार्टीले २ लाख ८० हजार ९८४ मत प्राप्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई पछि पारेको छ। राप्रपाले हालसम्म २ लाख ७० हजार ७९० मत पाएको छ।

अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपालले १ लाख १९ हजार ३९२ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १२ हजार २६२ मत प्राप्त गरेका छन् । प्रत्यक्ष मतदानमा कम्तीमा १ सिट जित्ने दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा यो प्रणालीतर्फ सिट पाउँछ । सिट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077