Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एउटा हारले एमालेको यात्रा रोकिन्नँ, धुलो टकटकाउँदै फेरि उठ्छौँ : विष्णु रिमाल

एउटा हारले एमालेको यात्रा रोकिन्नँ, धुलो टकटकाउँदै फेरि उठ्छौँ : विष्णु रिमाल

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमालले प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर एमाले फेरि दृढताका साथ उठ्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रिमालले एउटा निर्वाचनमा आएको हारलाई समग्र राजनीतिक यात्राको पराजयका रूपमा नहेर्न आग्रह गरेका हुन् ।

उनले यो निर्वाचन अन्तिम नभएको उल्लेख गर्दै संखुवासभाको परिणाम यस पटकको निर्वाचनको अन्तिम नतिजा मात्र भएको बताए ।

उनले लेखेका छन्, 'एउटा लडाइँमा भएको हार समग्र युद्धमा पराजय हुँदैन। एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्नेछ।'

रिमालले विभिन्न चुनौतीका बाबजुद एमालेका उम्मेदवारहरूले हासिल गरेको सफलतालाई गर्विलो उपलब्धिका रूपमा उल्लेख गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077