Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली प्रमाणपत्र देखाएर बढुवा लिएका असईविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली प्रमाणपत्र देखाएर बढुवा लिएका असईविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन असई मुक्तनारायण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार श्रेष्ठले प्रहरी सहायक निरीक्षक पदमा बढुवा लिन शैक्षिक योग्यतासम्बन्धी झुट्टा तथा नक्कली प्रमाणपत्र पेश गरी पदोन्नति हासिल गरेका थिए। उक्त पदोन्नतिका आधारमा उनले नेपाल सरकारबाट विभिन्न हैसियतमा सेवा सुविधा तथा निवृत्तभरण (पेन्सन) समेत लिएको आरोप लगाइएको छ।

अख्तियारका अनुसार बढुवाका लागि पेश गरिएको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै परेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठले भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको भन्दै पेश गरेको प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको पुष्टि भएको आयोगले जनाएको छ।

उक्त कार्यलाई भ्रष्टाचारसम्बन्धी कसुर ठहर गर्दै आयोगले उनीविरुद्ध कानुनी कारबाहीका लागि विशेष अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077