Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला चित्त बुझेन, अख्तियार सर्वोच्चमा

भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला चित्त बुझेन, अख्तियार सर्वोच्चमा

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन प्रकरणमा शशिभूषण कुमार यादवसमेतलाई आंशिक सफाइ दिएको विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

आयोगले यादवविरुद्ध भ्रष्टाचार तथा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा चार करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।

मुद्दाको सुनुवाइपछि विशेष अदालतले २०८१ असार २३ गतेको फैसलामा केही अभियोगमा सफाइ दिँदै आंशिक फैसला गरेको थियो। अदालतले सबै सम्पत्ति गैरकानुनी आर्जन भएको दाबीलाई पूर्ण रूपमा स्वीकार नगरेपछि आयोग असन्तुष्ट बनेको हो।

अनुसन्धानका क्रममा यादवले गैरकानुनी रूपमा आर्जन गरेको भनिएको सम्पत्ति विभिन्न आफन्तका नाममा राखेको पाइएको आयोगको दाबी छ। आयोगले ती सम्पत्तिको स्रोत नखुलेको तथा भ्रष्टाचारबाट आर्जित रकम लुकाउन आफन्तको नाम प्रयोग गरिएको निष्कर्ष निकालेको थियो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विशेष अदालतको फैसलामा चित्त नबुझेपछि प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९अनुसार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो।

आयोगले सर्वोच्च अदालतसँग विशेष अदालतको फैसला उल्ट्याउँदै थप कारबाही र पूर्ण बिगो असुलउपरको माग गरेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077