Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

होर्मुजको तेल नाकाबन्दी जारी राख्ने खामेनीको चेतावनी

होर्मुजको तेल नाकाबन्दी जारी राख्ने खामेनीको चेतावनी

शुक्रवार , फाल्गुण २९, २०८२

एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले होमुज जलमार्गको नाकाबन्दी जारी राख्ने चेतावनी दिएका छन् ।

नवनियुक्त सर्वोच्च नेता खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनको भनाइ इरानी सरकारी टेलिभिजनमा प्रसारण गरिएको थियो। खामेनीले इरानले 'हर्मुज स्ट्रेट बन्द गर्ने विकल्प' प्रयोग गरिरहनुपर्ने बताए ।

उनले छिमेकी देशहरूसँग इरानको नीति 'मित्रता' को रहेको बताए र यी देशहरूलाई अमेरिकी आधारहरू बन्द गर्न सल्लाह दिए।

इरानले यी अड्डाहरूलाई लक्षित गर्न जारी राख्ने खामेनीको भनाइ छ। यसबाहेक, उनले इरानले मारिएका आफ्ना जनताको 'बदला लिन' नहिचकिचाउने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077