Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्षासँगै घट्यो वायु प्रदूषण, काठमाडौं आज प्रदूषित शहरको बाह्रौँ नम्बरमा

वर्षासँगै घट्यो वायु प्रदूषण, काठमाडौं आज प्रदूषित शहरको बाह्रौँ नम्बरमा

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ ।

केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो । 

बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकांक १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकांक १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्यांकले देखाएको छ । 

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा झरेको हो।  

एक्युआइको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । एक सय ५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार बिहीबार भएको वर्षाका कारण आज वायु प्रदूषण पनि कम भएको हो ।

'वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ,' उनले भने।

उनका अनुसार विगत २४ घण्टामा सबैभन्दा धेरै वर्षा बागमती प्रदेशको चितवनको नारायणी फिल्ड कार्यालयमा रहेको मौसम मापन केन्द्रमा १२६.२ मिलिमीटर मापन भएको छ । 

त्यस्तै गण्डकी प्रदेशको लमजुङ घरेढुङ्गा केन्द्रमा १०२.२ मिलिमीटर। गोरखाको बारपाक केन्द्रमा ९० मिलिमीटर, कोशी प्रदेशको उदयपुर कटारीमा ९८.४ मिलिमीटर र झापाको चन्द्रगढी विमानस्थल केन्द्रमा ९६.४ मिलिमीटर वर्षा मापन वर्षा मापन गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077