Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दिल्ली फेरि विषाक्त हावाको चपेटामा : वायु प्रदूषण अधिकतम सीमाभन्दा १६ गुणा बढी

दिल्ली फेरि विषाक्त हावाको चपेटामा : वायु प्रदूषण अधिकतम सीमाभन्दा १६ गुणा बढी

सोमवार , कार्तिक ३, २०८२

एजेन्सी । भारतको राजधानी नयाँदिल्ली सोमबार बिहानदेखि बाक्लो र विषाक्त धुवाँको घेराभित्र परेको छ ।

वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सिफारिस गरेको दैनिक अधिकतम सीमाभन्दा १६ गुणा बढी पुगेको सरकारी तथ्याङ्कले जनाएको छ ।

करिब तीन करोडभन्दा बढी जनसंख्या रहेको दिल्ली फेरि विश्वकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक बनेको हो ।

जाडो सुरु हुनेबित्तिकै दिल्लीको आकाशमा धुवाँ र कुहिरो मिसिएर घातक प्रदूषणको तह बन्ने क्रम प्रत्येक वर्ष दोहोरिँदै आएको छ।

चिसो हावाले प्रदूषक तत्वहरूलाई जमिन नजिकै रोक्ने भएकाले बाली जलाउने, सवारीसाधनको उत्सर्जन, उद्योगका धुवाँ र यस वर्षको दीपावलीमा भएको आतशबाजी सबै मिसिएर हावाको गुणस्तर अत्यन्त खराब भएको विशेषज्ञहरू बताउँछन्।

यसअघि भारतको सर्वोच्च अदालतले यस वर्षको दीपावलीमा ‘हरित पटाका’ मात्र प्रयोग गर्न अनुमति दिएको थियो, जसले कम कण उत्सर्जन गर्छ। तर, धेरै स्थानमा उक्त निर्देशनको पालना नभएको रिपोर्टहरू सार्वजनिक भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077