Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्रीका पिता मोहनप्रसादको पशुपतिमा अन्त्येष्टि, ओलीले दिए मुखाग्नि

पूर्वप्रधानमन्त्रीका पिता मोहनप्रसादको पशुपतिमा अन्त्येष्टि, ओलीले दिए मुखाग्नि

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् ।

मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।

अन्त्येष्टि अघि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए ।

मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो । 

स्वर्गीय ओलीका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित दुई छोरा र तीन छोरी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077