Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपाका ५७ जना समानुपातिक सांसदको सूची तय, ४८ महिला र ९ पुरुष

रास्वपाका ५७ जना समानुपातिक सांसदको सूची तय, ४८ महिला र ९ पुरुष

आइतवार , चैत्र १, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले ५७ जना समानुपातिक सांसदको सूची तय गरेको छ। 

आज बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न क्लस्टरअनुसार ५७ जना समानुपातिक सांसदको सूची तय गरेको हो । 

सूचीअनुसार ५७ मध्ये ४८ महिला र ९ जना पुरुष रहेका छन्। 

जसमध्ये खस आर्यतर्फ  १७, जनजाति १६, मधेशी ९, दलित ८, थारू ४ र मुस्लिमतर्फ ३ जनाको नाम तय गरिएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिए । 

को-को परे भन्ने रास्वपाले खुलाएको छैन ।  निर्वाचन आयोगले नामावली रुजु गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले बताए ।

उनका अनुसार सचिवालयले टुंगो लगाएको ५७ जनाको नामावली आज निर्वाचन आयोगमा बुझाउने छ। रास्वपाले प्रत्यक्षतर्फ पनि सबैभन्दा धेरै १२५ सिट जितेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077