Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाले समानुपातिकका ५७ सांसदको सूची बुझायो

रास्वपाले समानुपातिकका ५७ सांसदको सूची बुझायो

आइतवार , चैत्र १, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्राप्त ५७ सिटका लागि निर्वाचित हुने उम्मेदवारहरूको नामावली निर्वाचन आयोग मा पेस गरेको छ।

पार्टीले आइतबार बसेको सचिवालय बैठकको निर्णयअनुसार विभिन्न समावेशी समूहका आधारमा सूची तयार गरी आयोगमा बुझाएको जनाएको छ। रास्वपाले संविधानले निर्धारण गरेको समावेशी सिद्धान्तअनुसार खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायबाट प्रतिनिधित्व सुनिश्चित गर्दै ५७ जनाको नाम पठाएको हो ।

समावेशी प्रावधानअनुसार खस आर्यतर्फ १७ जना, आदिवासी जनजातितर्फ १६ जना, मधेसीतर्फ ९ जना, दलिततर्फ ८ जना, थारुतर्फ ४ जना र मुस्लिमतर्फ ३ जना समावेश गरिएका छन् ।

सूचीमा महिलाको उल्लेख्य उपस्थिति देखिएको छ। कुल ५७ जनामध्ये ४८ महिला र ९ पुरुष रहेका छन्। प्रत्यक्षतर्फ निर्वाचित सांसदमा पुरुषको संख्या बढी भएपछि संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभामा कम्तीमा ३३ प्रतिशत महिला उपस्थिति सुनिश्चित गर्न रास्वपाले समानुपातिकतर्फ महिलालाई प्राथमिकता दिएको जनाएको छ ।

खस आर्य क्लस्टरमा बन्दसूचीको पहिलो नम्बरमा रहेका रमेश प्रसाईं सिफारिसमा परेका छन्। तर दोस्रो नम्बरका सुदीप ढकाल र तेस्रो नम्बरका प्रमोद न्यौपाने भने अन्तिम सूचीमा समेटिन सकेनन्।

यस्तै दलित क्लस्टरमा पुरुषतर्फ प्रकाशचन्द्र परियार सिफारिस भएका छन् भने दोस्रो नम्बरमा रहेका गायक प्रकाश सपुत र रुपक घिमिरे अन्तिम सूचीबाट बाहिरिएका छन्। दलित महिलातर्फ भने रीमा विश्वकर्मा सहितका उम्मेदवार सिफारिस भएका छन्।

रास्वपाले बुझाएको सूचीमा खस आर्यतर्फ अधिकांश महिला उम्मेदवार रहेका छन्। आदिवासी जनजाति, मधेसी र दलित समुदायबाट पनि महिलाको प्रतिनिधित्व बढी देखिएको पार्टीले जनाएको छ। थारु र मुस्लिम समुदायबाट समेत समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको उल्लेख गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077