Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसदले पाउने सरकारी सेवासुविधा नलिने सुदन गुरुङको घोषणा

सांसदले पाउने सरकारी सेवासुविधा नलिने सुदन गुरुङको घोषणा

'मेरो आफ्नै गाडी छ। म आफैँ सक्षम छु । मैलै पाउने तलब सुविधा बरु जेनजी घाइतेहरुलाई दिन्छु'

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं । गोरखाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले आफूले सांसदका रूपमा पाउने तलब नलिने घोषणा गरेका छन् ।   

मंगलबार ग्वार्कोस्थित होटल रोयल टुलिपमा रास्वपाले आयोजना गरेको सांसद प्रशिक्षण कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले तलब नलिने र सरकारी गाडी पनि प्रयोग नगर्ने घोषणा गरेका हुन् । 

उनले भने, ‘म तलब खाँदिनँ, सरकारी गाडी पनि चढ्दिनँ । मेरो आफ्नै गाडी छ । म आफैँ सक्षम छु । मैलै पाउने तलब सुविधा बरु जेनजी घाइतेहरुलाई दिन्छु ।

सुदनले संसदबाट पाउने तलब सुविधा आफुले नलिने बरु जेनजी घाइतेलाई दिने बताएका छन्।

उनले आफू आर्थिक रूपमा सक्षम भएकाले राज्यबाट सुविधा लिन आवश्यक नरहेको उनको भनाई छ । 

फागुन २१ को चुनावमा कांग्रेसका निकटतम प्रतिस्पर्धी प्रेम खत्रीसंग फराकिलो मतान्तरल गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित गुरुङले निर्वाचित हुनुअघि नै राजनीतिमा सुविधा धेरै भयो भन्दै आवाज उँठाउदै आएका थिए ।

'सांसद र मन्त्रीलाई तलब नै नदिउँ। राजनीतिमा सुविधा धेरै भयो, सेवा भावना कम भयो,' जेनजी आन्दोलनपछि राजनीतिक रूपमा चर्चामा आएका गुरुङले केही समयअघि रिपोर्टर्स क्लबमा बोलेका थिए।

साथै गुरुङले संसद्मा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको पक्षमा काम गर्ने जिकिर गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077