काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर लिग खेल्ने भएका छन् ।
मंगलबार जापान क्रिकेट संघले सामाजिक सञ्जालमार्फत करण केसीले जापान प्रिमियर लिग खेल्ने तय भएको जानकारी दिएको हो ।
यद्यपि उनी कुन टोलीमा अनुबन्धित भएका छन् भन्ने कुरा भने संघले हालसम्म सार्वजनिक गरेको छैन ।
संघले सामाजिक सञ्जालमा लेखेको छ,'नेपालका करण केसी जापान प्रिमियर लिग खेल्न जापान आउँदै छन्। करणको उपस्थितिले प्रतियोगितामा थप उत्साह र प्रतिस्पर्धा बढ्ने विश्वास लिएका छौँ ।'
जापान प्रिमियर लिग जापानको घरेलु टी–२० क्रिकेटअन्तर्गत सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा मानिन्छ।