Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानका नयाँ सर्वोच्च नेता मुजतबालाई इजरायलको धम्की - खोजेर मार्छौँ, हामीबाट बच्ने छैनन्

इरानका नयाँ सर्वोच्च नेता मुजतबालाई इजरायलको धम्की - खोजेर मार्छौँ, हामीबाट बच्ने छैनन्

बुधवार , चैत्र ४, २०८२

एजेन्सी । इजरायली रक्षा बलले इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीलाई खोजेर मार्ने धम्की दिएको छ ।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै सैन्य प्रवक्ता एफी डेफ्रिनले यस्तो धम्की दिएका हुन् । उनले मुजतबासहित इजरायलका लागि 'खतरा' बन्ने जोकोहीलाई पनि निशाना बनाउने घोषणा गरे ।

सर्वोच्च नेताको पदभार ग्रहण गरेदेखि नै सार्वजनिक रूपमा नदेखिएका खामेनीको अवस्थाबारे सोधिएको प्रश्नमा डेफ्रिनले यसबारे आफूहरूलाई आधिकारिक जानकारी नभएको बताए।

उनले भने, 'हामी यति मात्र भन्न सक्छौँ कि इजरायललाई धम्की दिने जोकोहीलाई हामी पछ्याउनेछौँ। जसले इजरायल विरुद्ध हात उठाउँछ, उनीहरू हामीबाट बच्न सक्ने छैनन्। हामी उनीहरूलाई खोज्नेछौँ र निष्क्रिय पार्नेछौँ।'

इजरायली सेनाले इरानको अर्धसैनिक बल बसिजका सदस्यहरूलाई पनि निरन्तर निसानामा राख्ने बताएको छ। 'हामी सबैको नजिक पुग्नेछौँ, चाहे त्यो जहाँसुकै र जतिबेलै किन नहोस्,' प्रवक्ता डेफ्रिनले थपे । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077