Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युएईस्थित अष्ट्रेलियाली सैन्य आधार नजिकै इरानी क्षेप्यास्त्र प्रहार

युएईस्थित अष्ट्रेलियाली सैन्य आधार नजिकै इरानी क्षेप्यास्त्र प्रहार

बुधवार , चैत्र ४, २०८२

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको अष्ट्रेलियाली सैन्य आधार शिविर नजिकै इरानी क्षेप्यास्त्र खसेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार, आज बिहान ९ः१५ बजे युएईमा रहेको अष्ट्रेलियाको 'अल मिन्हाद' बेसमा उक्त क्षेप्यास्त्र खसेको हो । 

उनले थप जानकारी दिँदै शिविर नजिक क्षेप्यास्त्र प्रहार भएपनि कुनै पनि कर्मचारी घाइते नभएको बताए ।

प्रधानमन्त्रीले भने,'त्यो क्षेप्यास्त्र बेसतर्फ जाने सडकमा खसेका कारण सामान्य आगलागी भएको थियो, जसले गर्दा त्यहाँको एउटा आवास ब्लक र चिकित्सा सुविधामा सामान्य क्षति पुगेको छ।'

प्रधानमन्त्री अल्बानिजले घटनामा कुनै पनि अस्ट्रेलियाली सैन्य कर्मचारी घाइते नभएको र सबै सुरक्षित रहेको स्पष्ट पारेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077