Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भ्रामक भिडियो पोस्ट गर्ने १० जना पक्रन युएई सरकारको आदेश, नेपाली पनि परे

भ्रामक भिडियो पोस्ट गर्ने १० जना पक्रन युएई सरकारको आदेश, नेपाली पनि परे

शनिवार , फाल्गुण ३०, २०८२

एजेन्सी । युएईका महान्यायाधिवक्ताले डिजिटल प्लेटफर्महरूमा भ्रामक र बनावटी भिडियो क्लिप प्रकाशित गरेको आरोपमा १० जना प्रतिवादीलाई पक्राउ गर्न आदेश दिएका छन् ।

पक्राउ गर्न आदेश दिइएकामा नेपालसहित भारतीय, पाकिस्तान, फिलिपिन्स, इजिप्ट, बंगलादेश, क्यामरुन, भियतनाम र इरानका नागरिक रहेका छन् ।

भिडियोमा वास्तविक र एआई–उत्पन्न फुटेज समावेश गरेर युएईभरि विस्फोट, आक्रमण र सुरक्षा खतरा झूटा रूपमा देखाइएको पाइएपछि उनीहरुलाई पक्राउ आदेश दिइएको हो ।

जनतालाई भ्रमित पार्ने र डर फैलाउने उद्देश्यले सामग्री राखिएको पत्ता लगाएपछि संदिग्धहरूलाई द्रुत मुद्दामा पठाइएको गल्फन्युजले जनाएको छ ।

अधिकारीहरूले यस्तो गलत सूचना फैलाउँदा राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने र कम्तिमा एक वर्षको जेल सजाय र १ लाख दिरामदेखि अरु बढि जरिवाना हुने चेतावनी दिएका छन् । पक्राउ परेकाहरुको परिचय भने हाललाई गोप्य राखिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077