काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वप्रधानसेनापतिहरूसँग छलफल गरेका छन् ।
सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँगउनले मङ्गलबार छलफल र अन्तरक्रिया गरेका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनीहरुबीच समसामयिक परिस्थितिका सम्बन्धमा छलफल भएको छ ।