Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानसेनापति सिग्देलको बयान - राष्ट्रपति निवासदेखि विमानस्थलसम्म सेनाले जोगायो

प्रधानसेनापति सिग्देलको बयान - राष्ट्रपति निवासदेखि विमानस्थलसम्म सेनाले जोगायो

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा संवेदनशील राज्य संरचनाहरू जोगाउन नेपाली सेनाले अग्रसर भूमिका खेलेको प्रधानसेनापति अशोकराज सिग्देलले बताएका छन् ।

जाँचबुझ आयोगसमक्ष दिएको बयानमा उनले राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत महत्वपूर्ण पूर्वाधार सेनाकै पहलमा सुरक्षित राखिएको दाबी गरेका हुन् ।

सिग्देलले आफूले भौतिक संरचनाभन्दा पनि मानवीय सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै भीड नियन्त्रणका क्रममा अत्यधिक संयमता अपनाइएको बताएका छन् ।

उनका अनुसार सिंहदरबार र राष्ट्रपति कार्यालय क्षेत्रमा जम्मा भएको उत्तेजित भीडलाई चेतावनी, करिब ४६ राउन्ड हवाई फायर र सम्झाइबुझाइमार्फत नियन्त्रणमा लिइएको थियो।

भदौ २४ गते सेनालाई ढिलो परिचालन गरिएको भन्ने आरोपलाई उनले अस्वीकार गरेका छन्। संवैधानिक प्रक्रिया पूरा नभएसम्म सेना स्वतः परिचालन नहुने स्पष्ट पार्दै उनले मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिको निर्णय आवश्यक पर्ने बताए।

प्रधानसेनापतिका अनुसार भदौ २४ गते बिहान प्रधानमन्त्रीसँगको छलफलमा उनले दुई विकल्प प्रस्तुत गरेका थिए—राजनीतिक समाधानका लागि राजीनामा वा संवैधानिक प्रक्रियाअनुसार सेना परिचालन। तर प्रधानमन्त्रीको राजीनामापछि अवस्था झनै अराजक बनेको उनले उल्लेख गरेका छन्।

सिग्देलले कर्फ्यु कार्यान्वयन ढिला भएको विषय पनि औँल्याएका छन्। बिहान ५ बजेदेखि कर्फ्यु लगाउन सुझाव दिइएको भए पनि काठमाडौंमा ८स्३० बजे मात्र घोषणा हुँदा त्यसबेलासम्म प्रदर्शनकारीहरूको भीड बढिसकेको र प्रभावकारिता कमजोर भएको उनको भनाइ छ।

यसैबीच, सिंहदरबारस्थित राष्ट्रिय डेटा सेन्टर र अर्थ मन्त्रालयको डेटा सेन्टरमा लागेको आगो नियन्त्रणमा सेनाले दमकलमार्फत भूमिका खेलेको पनि उनले बताएका छन्। साथै, इन्धन डिपो, कारागार र देशभरका विमानस्थलहरू जोगाउन समेत सेना सक्रिय रहेको दाबी गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077