एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्धको युद्धमा ऐतिहासिक सफलता हासिल गरेको दाबी गरेका छन् ।
एक विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले इरानको आणविक र सैन्य क्षमता अब पूर्ण रूपमा समाप्त भएको दाबी गरेका हुन् ।
प्रधानमन्त्री नेतान्याहूका अनुसार इरानविरुद्धको यो युद्धको मुख्य लक्ष्य नै आणविक र ब्यालेस्टिक मिसाइलको खतरालाई निर्मूल पार्नु थियो।
उनले भने, ‘इरान अब युरेनियम प्रवर्द्धन गर्न वा नयाँ ब्यालेस्टिक मिसाइलहरू उत्पादन गर्न सक्षम छैन।’
उनले इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका ती कारखानाहरूलाई ध्वस्त पारेको बताए, जसले मिसाइलका मुख्य पार्टपुर्जाहरू उत्पादन गर्थे। यस कारबाहीले इरानको सैन्य नियन्त्रण प्रणालीलाई पूर्ण रूपमा क्षतविक्षत बनाएको उनको दाबी छ।