Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेतृ अर्याललाई पुनले भने - स्वाँठ र मूर्ख नबन्नू

एमाले नेतृ अर्याललाई पुनले भने - स्वाँठ र मूर्ख नबन्नू

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले नेकपा एमालेकी नेतृ तथा समानुपातिक सांसद पद्मा अर्यालमाथि कडा आक्रोश व्यक्त गरेका छन्।

अर्यालले नयाँ राजनीतिक शक्ति र युवा नेताहरूलाई ‘तह लगाउने’ अभिव्यक्ति दिएको भन्दै पुनले सामाजिक सञ्जालमार्फत त्यसको तीव्र आलोचना गरेका हुन्।

पुनले अर्याललाई लक्षित गर्दै पुरानो सोच र शैली त्याग्न सुझाव दिएका छन्। उनले अहिलेका युवा नेताहरू पुराना पुस्ताभन्दा धेरै सक्षम, जानकार र चलाख भइसकेको उल्लेख गर्दै नयाँ पुस्तालाई कमजोर आँक्ने प्रवृत्ति गलत भएको बताएका छन्।

उनले लेखेका छन्, 'तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरूलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरूलाई राम्रोसँग थाहा छ।'

पुनले पछिल्लो आम निर्वाचनले नै जनताले पुराना दलहरूप्रति असन्तुष्टि जनाइसकेको दाबी गर्दै त्यसलाई समयको संकेतका रूपमा बुझ्न आग्रह गरेका छन्।

त्यसैगरी, उनले अर्यालको राजनीतिक पृष्ठभूमिमाथि प्रश्न उठाउँदै समानुपातिक प्रणालीमार्फत आएको नेतृत्वले अहङ्कार देखाउनु उपयुक्त नभएको टिप्पणी गरेका छन्।

'चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरू त्यसरी साह्रै अहङ्कारी बन्नु हुँदैन,' पुनले भने ।

पुनले विगत तीन दशकभन्दा बढी समय अवधिमा विश्व निकै अघि बढिसकेको उल्लेख गर्दै २०४६ सालपछि पनि पुरानै सोचमा अडिग रहनु उचित नहुने बताएका छन्।

उनले समयको परिवर्तनलाई आत्मसात गर्दै सहकार्य र सहअस्तित्वको राजनीतिमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077