काठमाडौं । फेक रेस्क्युमा अरबौं ठगीको घटनामा सरकारी वकिलले मुद्दा कमजोर बनाएर दायर गरेको छ ।
चलखेलका आधारमा प्रमाणहरु नै लुकाएर मुद्दा चलाइएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिल कार्यालयले ३२ जनाविरुद्ध मात्र मुद्दा चलाएको छ।
मुख्य नाइके मानिएका राजेन्द्रबहादुर सिंहलाई नै सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएको छ । उनलाई पक्राउ गरेरै सिआइबीले कारबाही प्रक्रिया अघि बढाएको थियो।
शक्तिकेन्द्रको चलखेलमा उनले उन्मुक्ति पाएका छन्। उनले प्रक्रिया पूरा गरेर ठगी गर्न सिकाउनेदेखि पछि प्रमाण लुकाउने चलखेल गरेका थिए।
सिंह माउण्न्टेन तथा सिम्रिक एयरका पूर्वमहाप्रबन्धक हुन्।