Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

फेक रेस्क्युको छानबिनमा मुछिएको नर्भिक अस्पताल आइपीओ निकाल्ने तयारीमा

फेक रेस्क्युको छानबिनमा मुछिएको नर्भिक अस्पताल आइपीओ निकाल्ने तयारीमा

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । नेपाल घुम्न आउने पर्यटकलाई अस्पताल भर्ना गरेर नक्कली बिल तयार गरी बिमा रकम हत्याउने धन्दामा मिलेमतो देखिएको नर्भिक अस्पताललाई सरकारले बुक–बिल्डिङ प्रक्रियामार्फत आइपीओ ल्याउन दिने प्रक्रिया अघि बढाएको छ। 

जसमा अर्को नीतिगत अनियमितताको आशंका गरिएको छ। बुक–बिल्डिङ प्रक्रियामार्फत महंगो मुल्यमा शेयर बेच्ने नर्भिकको प्रयास छ। 

यसका लागि  लक्ष्मी सनराइज क्यापिटलले प्रक्रिया अघि बढाइसकेको छ। लक्ष्मी सनराइन क्यापिटलले यसका लागि म्यारियट होटलमा छलफल कार्यक्रम सम्पन्न गरिसकेको छ। 

चर्को  शुल्कका लागि बदनाम रहेको नर्भिक फेक रेस्क्युमा मुछिदै आएको छ। हाल अर्थसचिव रहेका घनश्याम उपाध्याय अध्यक्षताको एक छानबिन समितिले सात वर्षअघि नर्भिकलाई कारबाही गर्न सिफारिस गरेको थियो। 

फेक रेस्क्युमा संलग्न कम्पनीहरूसँग मिलेर नर्भिकले नक्कली बिलहरू बनाइदिने गरेको छानबिनमा खुलेको थियो। एकै व्यक्तिको एक करोडभन्दा धेरै उपचार खर्च भएको बिल बनाइदिएर नर्भिकले बिमा रकम असुलीमा सघाउँदै आएको थियो। नर्भिक लगायतकै स्वार्थमा सो प्रतिवेदन कार्यान्वायन गरिएन।

गत महिना प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पनि यस प्रकरणमा अनुसन्धान गरी ३३ जनाविरुद्ध मुद्दा चलाइसकेको छ। सो अनुसन्धानको क्रममा पनि नर्भिकको मिलेमतो देखिएको थियो। 

सीआइबीले ऋद्धि, स्वाकन र एरा इन्टरनेशनल अस्पतालमाथि मुद्दा चलाएको थियो। तर, नर्भिकलाई भने अनुसन्धानमा तानेन। जबकी स्वाकन अस्पतालकै छानबिनमा पनि नर्भिकको मिलेमतो प्रष्ट देखिन्छ । 

पदयात्रामा गएका कुनै पर्यटक साँच्चिकै बिरामी भएमा उनीहरुलाई नर्भिक अस्पताल पठाउने गरेको सीआइबीको अनुसन्धानले देखाएको छ। तर, त्यसरी उपचार गरिने बिरामीको बिल भने सम्बन्धित पर्यटकको नाममा बनाइदैन थियो। प्रत्यक्ष रुपमा ठगीमा संलग्न अस्पतालको नाममा बिरामीको बिल पठाइन्थ्यो। 

त्यो बिल दोब्बर बनाएर ती अस्पतालले नक्कली उपचारका नाममा बिमा रकम असुल्थे। यसले नर्भिकको पनि अप्रत्यक्ष मिलेमतो प्रष्ट हुन्छ। यसमा सिआइबीले नर्भिकका सञ्चालकमाथि सोधपुछ समेत गरेन। दोस्रो चरणमा निष्पक्ष छानबिन भएमा यसमा नर्भिक पनि तानिने निश्चित छ। सोही अस्पतालले हाल आइपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ। 

नर्भिक अस्पतालले  काठमाडौंका अन्य निजी अस्पताल भन्दा तेब्बरसम्म शुल्क लिने गरेको छ। ल्याबको शुल्क समेत अन्यत्रभन्दा दोब्बर छ। बिरामीको अनावश्यक जाँच गर्ने र चर्को  शुल्क असुल्ने गरेका कारण अस्पताल बारम्बार विवादमा पर्दै आएको छ। 

यो अस्पतालका सञ्चालक बसन्त चौधरी र पूर्वएआइजी राजेन्द्रबहादुर सिंह छन्। सिंह पहिला कर्मचारी हुन्। प्रहरीतर्फ कुनै समस्या आउँदा मिलाउने समेत भएकाले उनलाई चौधरीले थोरै ‘स्वेट शेयर’ दिएका छन्। 

शक्तिकेन्द्रहरुसँग सधैं निकट रहने चौधरी समूहले अस्पतालको पनि शेयर बेचेर सर्वसाधरणलाई ठगी गर्न लागेको आशंका गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077