Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा नेता शेर्पा पनि फेक रेस्क्युको धन्दामा, श्रीमतीविरुद्ध मुद्दा दायर

रास्वपा नेता शेर्पा पनि फेक रेस्क्युको धन्दामा, श्रीमतीविरुद्ध मुद्दा दायर

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता पनि पर्यटकको उद्धारका नाममा भइरहेको ठगी धन्दामा संलग्न मुछिएका छन्। 

चर्चित माउन्टेनर समेत रहेका मिङमा शेर्पाको यस्तो गिरोहसँग सम्बन्ध देखिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनकी श्रीमती चुङला शेर्पाविरुद्ध मुद्दा दायर गरेको छ। 

फेक रेस्क्युको नाममा पर्यटकलाई जर्बजस्ती उद्धार गरी अस्पतालमा भर्ना गरेर नक्कली रिपोर्ट बनाई बिमा रकम असुल्ने गिरोहमा सोह्रखुट्टको एरा इन्टरनेशनल अस्पतालको मुख्य भूमिका देखिएको हो।  

सो अस्पतालका मुख्य लगानीकर्तामध्ये एक मिङमा हुन्। उनले शेयर श्रीमतीको नाममा राखेका थिए। सोही कारण श्रीमतीलाई मुद्दा दायर गरिएको हो। 

सीआइबीले ३२ जनाविरुद्ध मुद्दा दायर गरेकोमा २० औं नम्बरमा चुङलाको नाम छ। उनलाई फरार प्रतिवादी बनाइएको  छ। 

शेर्पा हालै सम्पन्न निर्वाचनमा संखुवासभाबाट रास्वपाका उम्मेदवार थिए। जो ६३६ मतान्तरले एमालेका अर्जुन कार्कीसँग पराजित भएका हुन्। 

उनी देशका चर्चित माउन्टेनर हुन्। यही पर्यटक व्यवसायबाट उनले अरबौं सम्पत्ति आर्जन गरिसकेका छन्। त्यसमध्ये कतिपय सम्पत्ति यस्तै नक्कली धन्दाबाट कमाएको उनी निकट व्यक्तिहरू बताउँछन्। 

सीआईबीले एरा अस्पतालका सञ्चालकहरु जीवन पाण्डे, भानु ढकाल, फुर्वा छिरिङ शेर्पा, ममिता भट्ट र चुङलाविरुद्ध मुद्दा दायर गरेको हो। 

विगतमा यो अस्प्तालमा श्रीद्धी अस्पतालका सञ्चालक डा. गिवार्णराज तिमल्सिना समेत थिए। पछि छुटेर उनले व्यक्तिगत लगानीमा अस्पताल खोलेका हुन्। 

तिमिल्सिनालाई सिआइबीले पक्राउ नै गरेर मुद्दा चलाएको छ। जसमा उनले मिङमा समेत मिलेर आफुहरुले पहिला एरा अस्पताल सञ्चालन गरेको बयान दिएका थिए । 

यसरी फेक रेस्क्युबाट कमाउनेहरुको सीआइबीले सम्पत्ति पनि छानबिन थालेको छ। कुनै चलखेलबिना छानबिन भएमा त्यसमा मिङमा पनि तानिने निश्चित छ। तर, सीआइबी उनीप्रति नरम बनेको स्रोत बताउँछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077