Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा, यस्तो छ प्रस्तावित कार्यतालिका

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा, यस्तो छ प्रस्तावित कार्यतालिका

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरिएको छ ।

पार्टी सभापति गगनकुमार थापाका अनुसार देशभरका ६ हजार ७४३ वडामा साउन ६ गते एकैसाथ अधिवेशन सुरु हुनेछ। यससँगै कांग्रेसभित्रको संगठनात्मक गतिविधि तीव्र हुने संकेत देखिएको छ।

कार्यतालिकाअनुसार साउन १२ गते गाउँ तथा नगरपालिकास्तरको अधिवेशन सम्पन्न गरिनेछ भने साउन २३ गते प्रदेश सभा क्षेत्रीय र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने तय गरिएको छ।

त्यसपछि भदौ ६ र ७ गते जिल्ला अधिवेशन र भदौ १५–१६ गते प्रदेश अधिवेशन आयोजना गरिनेछ। यी सबै चरण पार गरेपछि मात्रै केन्द्रीय महाधिवेशन काठमाडौंमा भदौ २४–२६ मा सम्पन्न हुनेछ।

यो प्रस्तावित कार्यतालिका आगामी केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएपछि औपचारिक रूपमा कार्यान्वयनमा जाने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077