Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी छ । 

मंगलबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज पनि मध्यान्हबाट सुरु भएको हो । 

मंगलबार कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा सुरु भएको बैठकमा महामन्त्री प्रदीप पौडेलले ११ प्रस्ताव प्रस्तुत गरेका थिए।

कार्यवाहक मुख्यसचिव दुलालका अनुसार मंगलबारदेखि जारी बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल चलिरहेको छ।

यसपछि बैठकमा प्रतिनिधि सभामा संसदीय दलको नेता चयन, १५औँ नियमित महाधिवेशनबारे छलफल हुनेछ । 

कांग्रेस सभापति गगन थापाले आगामी वर्षको भदौ २४ देखि २६ सम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत  गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरू यसबारे आफ्नो धारणा राख्ने छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077