Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४९ सांसदले १७ मातृभाषामा शपथ लिने, सूचीमा छन् मनिषदेखि विराजभक्तसम्म

४९ सांसदले १७ मातृभाषामा शपथ लिने, सूचीमा छन् मनिषदेखि विराजभक्तसम्म

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सांसदहरुको शपथ भोलि हुँदैछ। जसमध्ये ४७ जना नवनिर्वाचित सांसदहरुमध्ये १७ वटा मातृभाषामा सपथ लिने भएका छन् । 

प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यले भोलि बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम तय भइसकेको संसद सचिवालयले जनाएको छ। 

उनीहरुलाई सबैभन्दा ज्येष्ठ सांसद तथा कांग्रेस नेता अर्जुननरसिंह केसीले भोलि दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।केसीले भने आज राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिईसकेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्का प्रत्येक सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि शपथ लिनुपर्छ। मातृभाषामा पनि सांसदहरूले शपथ लिन पाउछन्।

त्यसका लागि सचिवालयले तोकेको समयसीमाभित्र सम्बन्धित सांसदहरूले त्यसको जानकारी गराउनुपर्ने प्रावधान छ। सोही अनुसार मातृभाषामा शपथ लिन चाहने सांसदहरूलाई त्यसको जानकारी दिन संसद् सचिवालयले सूचित गरेको थियो। जसअनुसार ४७ जना सांसदले नेपालीबाहेकको मातृभाषामा शपथ ग्रहण गर्न लागेका हुन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, मनीष झा, मातृकाप्रसाद यादव, रामजी यादव, सीताराम साह, अंकिता ठाकुर, आशा झा, निशा मेहता, शम्भुकुमार यादव, उज्ज्वलकुमार झा, कामिनी कुमारी, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्र साह कलवार र जोगकुमार बरबरिया यादवले मैथिली भाषामा शपथ लिने भएका छन् । 

यसैगरी, गीता चौधरी, प्रमीलाकुमारी गच्छदार, अमरकान्त चौधरी, अशोककुमार चौधरी, सुरेन्द्र चौधरी तथा कठरिया थारु भाषामा करिश्मा कठरिया र राना थारु, कृपाराम राना थारु भाषामा शपथ लिनेछन् । 

नेपाल भाषामा मदनकृष्ण श्रेष्ठ, रुकेश रञ्जित, विराजभक्त श्रेष्ठ, अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुसुम महर्जन, कृपा महर्जन, गंगालक्ष्मी अवालले निवेदन दिएको संसद् सचिवालयले जनाएको छ । 

यसैगरी, संस्कृत भाषामा खुश्बु ओली, बान्तावा भाषामा ध्रुवराज राई, तामाङमा परशुराम तामाङ, चाम्लिङमा निष्कल राई, अवधिमा मोहम्मद इश्तियाक राई, छन्त्यालमा गंगा छन्त्याल, बझांगीमा ऐनबहादुर महर र मगर खाम भाषामा रेनुका काउचाले शपथ लिने भएका छन् । दीपकराज बोहरा, आकृति अवस्थी र हरिनादेवी कामीले डोटेली भाषामा शपथ लिने भएका छन् । 

यस्तै, भोजपुरी भाषामा कन्हैया बनियाँ, बुद्धिप्रसाद पन्त र रवीन्द्र पटेल, बजिका भाषामा नीतिमा भण्डारी कार्की र राजेशकुमार चौधरीले, मगही भाषामा प्रमोदकुमार महतो र राजकिशोर महतोले शपथ लिने संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077