Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

यी हुन् झुटा सूचना फैलाएर जेनजी आन्दोलन भड्काउने ५ इन्फ्लुएन्सर

यी हुन् झुटा सूचना फैलाएर जेनजी आन्दोलन भड्काउने ५ इन्फ्लुएन्सर

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत व्यापक रूपमा भ्रामक सूचना फैलाइएको निष्कर्षसहित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रतिवेदनले पाँच जना सोसल मिडिया इन्फ्लुएन्सरलाई गलत सूचना प्रवाहमा संलग्न ठहर गरेको छ ।

आयोगका अनुसार टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपानेले आन्दोलनका दिनहरूमा अपुष्ट तथा भ्रम फैलाउने सामग्री प्रसारण गरेका थिए ।

यस्ता सामग्रीले जनआक्रोश बढाउन र अवस्थालाई थप तनावग्रस्त बनाउन भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ।

विशेषगरी, चैत २३ गते चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ३५ शव भेटिएको भन्ने झुटो दाबी सामाजिक सञ्जालमा फैलाइएको थियो ।

त्यस्तै, चैत २४ गते ३२ जना हराइरहेका प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा फेला परेको भनी गरिएको प्रचार पनि निराधार रहेको आयोगले ठहर गरेको छ।

यस्तै, एक विमान परिचारिकाले हिमालयन एयरलाइन्सको जहाजबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुबई भागेको भन्दै व्यक्तिगत अनुभवको हवाला दिँदै भ्रामक सूचना फैलाएको उल्लेख गरिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077