Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१९ मा हुने

कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१९ मा हुने

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौंमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो ।

महाधिवेशनअन्तर्गत भदौ ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ। यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो।

बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै यसका लागि वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077