Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एन्फा ३ महिनाका लागि निलम्बित

एन्फा ३ महिनाका लागि निलम्बित

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । परिषद्को कार्यकारी समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

राखेपले दिएको जानकारीअनुसार, आफ्नो स्वीकृति बिना निर्वाचन प्रक्रिया अघि नबढाउन पटक–पटक निर्देशन दिँदासमेत एन्फाले बेवास्ता गरेको आरोप छ। यस विषयमा परिषद्ले मंगलबार २४ घण्टे स्पष्टीकरण मागेको थियो।

तर एन्फाबाट प्राप्त जवाफ सन्तोषजनक नभएको ठहर गर्दै परिषद्ले निलम्बनको निर्णय लिएको जनाएको छ।

परिषद्‌द्वारा जारी विज्ञप्तिमा एन्फाले आफूलाई पूर्ण स्वायत्त संस्था भन्दै प्रस्तुत गरेको तर माग गरिएअनुसार स्पष्ट र चित्तबुझ्दो जवाफ नदिएको उल्लेख गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077