Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्मचारीतन्त्र हावी हुँदा देश पछाडि धकेलियो : सांसद पुन

कर्मचारीतन्त्र हावी हुँदा देश पछाडि धकेलियो : सांसद पुन

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । सांसद महावीर पुनले नेपालमा ऐन, कानुन तथा नियमावली निर्माण प्रक्रियामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। उनले वर्तमान प्रणालीमा कर्मचारीतन्त्र हावी हुँदा देशले अपेक्षित गति लिन नसकेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद पुनले कानुन निर्माणको मुख्य जिम्मेवारी दूरदृष्टि भएका सांसद र सम्बन्धित क्षेत्रका विज्ञहरूको हुनुपर्नेमा मन्त्रालयका उपसचिव र सहसचिवहरूद्वारा कोठामै बसेर मस्यौदा तयार पार्ने प्रवृत्ति बढेको बताएका छन्।

'भिजन भएका नेता र विज्ञहरूले नेतृत्व गर्नुपर्ने ठाउँमा कर्मचारीहरू हावी भएका छन्,' उनले लेखेका छन्,'यस्तो अवस्थामा कानुनहरू व्यावहारिक र दूरगामी हुन सक्दैनन्।'

पुनका अनुसार अहिलेको संरचनामा कर्मचारीहरूले नीति निर्माणमा निर्णायक भूमिका खेल्दै आएका छन्, जसले गर्दा दुरदृष्टि भएका नेताहरू र विज्ञहरूको सुझावलाई बेवास्ता गरिने गरेको छ। उनले यस्तो प्रवृत्तिले देशको समग्र विकासमा अवरोध सिर्जना गरेको उल्लेख गरेका छन्।

'देशमा कर्मचारीतन्त्र हावी हुनुको प्रमुख कारण नै उनीहरूले आफूलाई कानुनको निर्माता ठान्नु हो,' उनले भनेका छन्।

आफूले पटक–पटक यस्तो अवस्था भोगेको अनुभव सुनाउँदै पुनले नीति निर्माण प्रक्रियामा राजनीतिक नेतृत्व र विज्ञ समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका छन्।

उनले प्रशासनिक संयन्त्रले मात्र देशको आवश्यकता र दीर्घकालीन लक्ष्य समेट्न नसक्ने तर्क गर्दै नीति निर्माताहरूले नै अग्रसरता लिनुपर्ने बताएका छन्।

अन्यथा, कानुन निर्माण प्रक्रिया यथास्थितिमा रहे देशले अपेक्षित सुधार र गति हासिल गर्न कठिन हुने उनको चेतावनी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077