Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सशस्त्रका आईजीपीको सुदन गुरुङसँग शंकास्पद सम्बन्ध, आयोगलाई ढाँटेको ठहर

सशस्त्रका आईजीपीको सुदन गुरुङसँग शंकास्पद सम्बन्ध, आयोगलाई ढाँटेको ठहर

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालको आन्दोलन भड्काउने सुदन गुरुङसँग शंकास्पद सम्बन्ध देखिएको छ।

२४ भदौमा गुरुङ र आईजीपी अर्यालबीच ६ पटक टेलिफोनमा कुराकानी भएको जाँचबुझ आयोगले औंल्याएको छ। आयोगका अनुसार दुवै पक्षबाट फोन भएको थियो। २४ भदौको आन्दोलनलाई भड्काउने मुख्य पात्र गुरुङ नै भएको आरोप लाग्दै आएको छ।

हामी नेपाली संस्थाले विदेशबाट सहयोग समेत लिएर आन्दोलनमा प्रयोग गरेको आरोप लाग्दै आएको छ। 

आयोगले आन्दोलनमा हेलचेक्राई गरेको भन्दै आईजीपी अर्यालविरुद्ध तीन वर्षसम्म कैद हुने गरी अभियोजन गर्न सिफारिस गरेको छ । 
प्रतिवेदनमा उनले आयोगलाई ढाँटेको समेत उल्लेख छ।

बानेश्वरमा गोली चलाएपछि स्थिती सामान्य भएको भनेर बयान दिएको तर खासमा अवस्था झन् तनावपूर्ण भएको देखिएको उल्लेख छ। आन्दोलनमा नेपाल प्रहरीलाई पर्याप्त सहयोग नगरेको, सूचना संकलनमा चुकेको, सशस्त्र प्रहरीलाई भ्वाइस लग उपलब्ध नगराएको लगायत आरोप लगाइएको छ। 

उनीसहित सशस्त्र प्रहरीका एआइजी नारायणदत्त पौडेल, डिआइजी सुरेश श्रेष्ठ र एसपी जीवन केसीमाथि कारबाहीको सिफारिस भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077