Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

‘टीओबी ग्रुप’माथि फौजदारी कारबाही सिफारिस

‘टीओबी ग्रुप’माथि फौजदारी कारबाही सिफारिस

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले सार्वजनिक गरेको प्रतिवेदनले आन्दोलनकारी ‘टीओबी ग्रुप’लाई पनि कारबाही सिफारिस गरेको छ ।

आयोगले आन्दोलनकारीतर्फ ‘टीओबी ग्रुप’लाई विशेष रूपमा लक्षित गर्दै अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउन सुझाव दिएको हो ।

प्रतिवेदनअनुसार, भदौ २३ गते चाबहिलस्थित ओम अस्पताल क्षेत्रबाट मोटरसाइकलमा निस्किएको उक्त समूह धोबीखोला करिडोर हुँदै बिजुलीबजारबाट नयाँ बानेश्वर पुगेको र त्यहाँ उपस्थित भीडलाई उक्साउने गतिविधिमा संलग्न रहेको ठहर गरिएको छ।

समूहले शान्ति सुरक्षा भंग गर्ने कार्य गरेको भन्दै फौजदारी संहिताको दफा ३५ अनुसार कारबाही गर्न आयोगले सिफारिस गरेको छ।

यस्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित उच्च सुरक्षा अधिकारीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन सुझाव दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077