Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टीओबी ग्रुपका कारण चीन सशंकित बन्यो: कार्की आयोग

टीओबी ग्रुपका कारण चीन सशंकित बन्यो: कार्की आयोग

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले सार्वजनिक गरेको प्रतिवेदनले आन्दोलनकारी ‘टीओबी ग्रुप’लाई पनि कारबाही सिफारिस गरेको छ ।

गत भदौ २३ र २४ गते संसद भवन परिसरमा भएको घटनालाई थप उत्तेजित बनाउन विशेषगरी मोटरसाइकलमा सवार “Tibetan Origin Blood (टीओबी) ग्रुपका केही युवाहरूको सक्रियताले स्थिति थप जटिल बनेको आयोगले उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार, भदौ २३ गते चाबहिलस्थित ओम अस्पताल क्षेत्रबाट मोटरसाइकलमा निस्किएको उक्त समूह धोबीखोला करिडोर हुँदै बिजुलीबजारबाट नयाँ बानेश्वर पुगेको र त्यहाँ उपस्थित भीडलाई उक्साउने गतिविधिमा संलग्न रहेको ठहर गरिएको छ।

यस्ता गतिविधिहरूले केवल नेपालभित्र मात्र होइन, छिमेकी मुलुक चीनमा समेत शंका र चासो बढाएको छ। नेपालको भूमि प्रयोग गरी कुनै पनि छिमेकी राष्ट्रविरुद्ध गतिविधि सञ्चालन हुने संकेत देखिएमा यसले नेपालको कूटनीतिक सन्तुलनमा असर पार्न सक्ने आयोगको ठहर छ ।

'भदौ २३ र २४ गते संसद भवन परिसरमा घटेको घटनालाई अझ बढी उत्तेजित बनाउन Tibetan Origin Blood का मोटरसाइकल सवार युवाहरूको गतिविधिले नेपाललाई मात्र होइन चीनलाई पनि बढी सशंकित बनाएको छ। छिमेकी देशहरू विरुद्ध नेपालको भूमि प्रयोग भयो भने यसले नेपाललाई अप्ठेरो स्थिति सिर्जना हुन सक्छ,' आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

यसैले आयोगले ‘टीओबी ग्रुप’माथि अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउन सुझाव दिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077