Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालेन र रविप्रति हर्क साम्पाङको गम्भिर आरोप, सपथ नै ढिला भएको दावी

बालेन र रविप्रति हर्क साम्पाङको गम्भिर आरोप, सपथ नै ढिला भएको दावी

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले रवि लामिछाने र बालेन्द्र शाह (बालेन)का कारण शपथ ग्रहण ढिला भएको आरोप लगाएका छन्। 

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण लगत्तै फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो आरोप लगाएका हुन् । 

उनले भनेका छन्–‘मैले मोबाइल हेरेको भाइरल बनाउने मिडियाले बालेनजी र रविजीले गर्दा १२ मिनेट ४६ सेकेन्ड ढिलो शपथ भएको किन नदेखेको ?’ 

गत फागुन २१ गते सम्पन्न निर्वाचनमार्फत निर्वाचित २७४ जना प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।

उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन । केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबारशपथ गराएका थिए।

राष्ट्रपतिबाट शपथ लिएका ज्येष्ठ सदस्यले नै बाँकी सांसदलाई शपथ गराउने व्यवस्था रहेको छ। संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।

सांसदहरू आ-आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका थिए । रास्वपा सांसद रहबर अन्सारी सरकारी स्कुलको पोशाक लगाएर संसद भवन पुगेका थिए । 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077