Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्युठानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते

प्युठानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते

शुक्रवार , चैत्र १३, २०८२

प्युठान । प्युठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

प्युठानकै बाँदिकोटबाट रुपन्देहीको बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा।लि। को ‘अन टेस्ट’ जम्बो ट्राभलर मिनी बस आज बिहान आहालखोला–चिसापानी खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका सबैको उपचार प्युठान अस्पताल र निमतारा पोलिक्लिनिकमा भइरहेको छ ।

घाइतेमध्ये प्युठान नगरपालिका–२ क्वाडीकी ५१ वर्षीया बिमला विष्टको टाउकोमा चोट लागेको छ । उनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइते अधिकांशको अवस्था सामान्य छ ।

अन्य घाइतेहरूमा दाङ लमहीका केसर सेजुवाल, पदमा सेजुवाल, प्युठान झिम्रुक–२ बादिकोटका प्रकाश एमसी, सुशान्त एमसी, कमला एमसी, झिम्रुक–३ आहालखोलाकी कमला केसी, रुपेश पोख्रेल, सुशीला पोख्रेल, हिरा जीसी, विशाल पोख्रेल, प्रताप एमसी, पर्वत खत्री, बिन्दोस केसी, रमिता केसी र प्रयास केसी रहेका छन् ।

उनीहरूलाई टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा सामान्य चोट लागेको  छ ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077