काठमाडौं । दुई घण्टादेखि हराइरहेको भनिएको मुस्ताङ हेलिकप्टर प्रालिको हेलिकप्टर दोलखाको लप्चीमा अवतरण भएको पाइएको छ ।
भर्खरै प्राप्त सूचना अनुसार खराब मौसमका कारण हेलिकप्टर सो क्षेत्रमा अवतरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले पनि लप्चीमा हेलिकप्टर अवतरण भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोजकुमार लामाले खराब मौसमका कारण हेलिकप्टर अवतरण भएको सूचना आएको बताउँदै फोन नलाग्ने भएकाले विस्तृत विवरण आउन नसकेको बताएका छन् । उनले प्रहरी टोली त्यहाँ पुग्दै गरेको पनि बताए ।
यता, त्रिभुवन विमानस्थल कार्यलयले भने हेलिकप्टर हराएको पुष्टि गरे पनि थप विवरण प्राप्त नभएको जनाएको छ ।
रसुवाको लाङटाङ क्षेत्रबाट सम्पर्कविहीन भएको उक्त हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ ।