एजेन्सी । पेरुमा बाढीको समयमा उद्धारका क्रममा सैन्य हेलिकप्टर दुर्घटना भएको छ ।
मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटना १५ जनाको ज्यान गएको छ ।
दुर्घटनामा ११ यात्रु र चालक दलका चार सदस्यको ज्यान गएको हो । ज्यान गुमाउनेमध्ये सात जना बालबालिका छन् ।
लेदोसहितको पहिरो र नदीमा आएको बाढीले व्यापक क्षति पुर्याएको हुनाले यस क्षेत्रमा खोज र उद्धार कार्यलाई सहयोग गर्न हेलिकप्टर खटाइएको अधिकारीहरूले बताएका छन् ।