Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हेलिकोप्टर दुर्घटना अपडेट: पाइलटको सकुशल उद्धार, काठमाडौं ल्याइँदै

हेलिकोप्टर दुर्घटना अपडेट: पाइलटको सकुशल उद्धार, काठमाडौं ल्याइँदै

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ । विदेशी पर्यटकको उद्धारका लागि लुक्लाबाट उडेको हेलिकप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको थियो ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एन–एएमएस कल साइनको उक्त हेलिकप्टर आज बिहान ०७ः ४१ बजे पर्यटक उद्धारका लागि लोबुचेतर्फ प्रस्थान गरेको थियो।

अवतरण गर्ने क्रममा बिहान ०७ः५२ बजे हेलिकप्टर दुर्घटनामा परेको कम्पनीले जनाएको छ।

दुर्घटनाका समयमा हेलिकप्टरमा पाइलट-इन-कमान्ड (पीआईसी) क्याप्टेन विवेक खड्का मात्र थिए।

कम्पनीले उनी सकुशल रहेको र उनलाई काठमाडौै ल्याइँदै गरेको जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077