Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पक्राउपछि रमेश लेखकले भने - प्रतिशोधविरुद्ध लड्छु

पक्राउपछि रमेश लेखकले भने - प्रतिशोधविरुद्ध लड्छु

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाएका छन् ।

शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि लेखकले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पक्राउपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस कदमविरुद्ध राजनीतिक र कानुनी दुवै मोर्चाबाट लड्ने स्पष्ट पारे।

उनले भने,'राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरिएको छ। यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु।'

लेखकले मन्त्रिपरिषद्को निर्णयबाट व्यक्तिलाई पक्राउ गर्ने अभ्यास सुरु गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

उनले थपे,'क्याबिनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ, यस्तो संसारमा कहिल्यै हुँदैन। यसले कानुनको मजाक उडाएको छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077