Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व गृहमन्त्री लेखक २ नम्बर गण महाराजगन्जमा

पूर्व गृहमन्त्री लेखक २ नम्बर गण महाराजगन्जमा

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्व गृहमन्त्री रमेश लेखकलाई २ नं गण महाराजगञ्जमा राखेको छ । 

उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा लेखकलाई पक्राउ गरिएको थियो । 

निजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका थिए। 

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।

ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिने स्रोतको भनाइ छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077