काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले प्रधानमन्त्री बालेन शाहलाई ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्न चेतावनी दिएका छन्।
पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनलाईयस्तो चेतावनी दिएका हुन्।
'ओलीज्यूले सी जिनपिङ बन्ने सपना देख्दा देशले मूल्य तिर्दै–तिर्दै थाकिसक्यो । आशा बोक्ने काँधहरू भारी भइसके। अब बालेन्द्र शाहज्यू ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्नुस्। यो देश अब ’महेन्द्र पथको तपाईँको सपनाको भारी बोक्न सक्दैन । भदौ २३ मा र २४ एउटै सिक्काका दुई पाटा हुन् । एउटा पाटो नबिर्सिइयोस् । ओलीको सपनाको मूल्य देशले तिर्नुपर्यो बालेनको कथित ’नायकी सपनाले देश अभिसप्त नबनोस् । देश ’महेन्द्र होइन यति बेला बिपी पथ खोजिरहेको छ,' उनले लेखेका छन् ।
उनले एमाले अध्यक्ष समेत रहेको ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ बन्ने सपना देख्दा देशले ठुलो मूल्य चुकाउनु परेको समेत बताएका छन्।