काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।
आइतबार पार्टी कार्यालयमा बसेको नेकपाको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड रुकुमपूर्वबाट विजयी भएका थिए ।
चुनावमा नेकपाले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी १७ सिट जितेको थियो ।