Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश केहीबेरमा

ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश केहीबेरमा

आइतवार , चैत्र १५, २०८२

काठमाडौं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि काठमाडौं जिल्ला अदालतमा बहस सकिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा आइतबार दिउँसो बहस सकिएको हो।

म्याद थपका लागि  लेखकलाई अदालतमा उपस्थित गराएको थियो भने ओलीले त्रिवि शिक्षण अस्पतालबाट अनलाइनमार्फत बयान दिएका थिए।

केहीबेरमा न्यायाधीश श्रेष्ठको इजलासले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अनुसन्धानका लागि थुनामा राख्ने कि रिहा गर्ने भन्नेबारे आदेश दिनेछ।

प्रहरीले भने अनुसन्धानका लागि दुवै जनालाई १० दिनको म्याद थप गर्न अदालतमा माग गरेको छ । 

गौरिबहादुर कार्कीको नेतृत्वमा बनेको कार्की आयोगको सिफारिमा शनिबार बिहान तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता लेखकलाई पक्राउ परेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077