Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वमन्त्री दीपक खड्कालाई अदालत उपस्थित गराइयो

पूर्वमन्त्री दीपक खड्कालाई अदालत उपस्थित गराइयो

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । 

आज बिहानमात्रै  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले खड्कालाई पक्राउ गरेको थियो ।

आजै पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो । 

यसै विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिएको गृहमन्त्री सुधन गुरुङले  जानकारी दिएका थिए ।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।

विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।

यसअघि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा हिजो मात्रै पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई  भिडियो कन्फ्रेसिङ माध्यमबाट र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको लागि भौतिक रुपमा अदालतमा उपस्थित गराइएको थियो ।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अनुसन्धानका लागि थुनामा राख्ने कि रिहा गर्ने भन्नेबारे आदेश भने आउन बाँकी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077