Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थुनामुक्त भएपछि पूर्वमन्त्री खड्काले भने– सधैं सत्यकै जित हुन्छ

थुनामुक्त भएपछि पूर्वमन्त्री खड्काले भने– सधैं सत्यकै जित हुन्छ

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काले आफू सत्यमा अडिग रहने बताएका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामुक्त भएपछि शुक्रबार सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री खड्काले यस्तो भनेका हुन् ।

भदौ २४ गते उनको निवासमा भएको आगजनी घटनापछि गरिएको अनुसन्धानका क्रममा नेपाली रुपैयाँसहित विभिन्न विदेशी मुद्रा फेला परेका थिए ।

नेपाली कांग्रेसका नेता समेत रहेका खड्कालाई गत चैत्र १५ गते सम्पत्ति शुद्धीकरणको मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धुम्बाराहीबाट नियन्त्रणमा लिएको थियो ।

त्यसपछि खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले बिहीबार खड्काको पक्राउ र म्याद थप प्रक्रिया कानुनसम्मत नदेखिएको निष्कर्ष निकाल्दै थुनामुक्त गरेको थियो ।

पूर्वमन्त्री खड्काले आफू सत्यको पक्षमा अडिग रहने, सत्यलाई आत्मसाथ गर्ने र सत्यकै मार्गमा अघि बढ्ने भन्दै शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।

'म सत्यमा अडिग रहन्छु, सत्यलाई आत्मसात् गर्छु र सत्यकै मार्गमा अघि बढ्छु। असत्य, अन्याय र शत्रुका विरुद्ध सधैं दृढतापूर्वक लड्छु किनकि सत्य सधैं शक्तिशाली हुन्छ र अन्ततः विजय प्राप्त गर्छ । सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार,' उनले लेखेका छन् ।

साथै उनले आफू अन्याय र शत्रुका विरुद्ध दृढतापूर्वक लड्ने गरेको र अन्ततः विजय प्राप्त गर्ने पनि बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077